• १३ साउन २०८१, आइतबार

रुपन्देहीमा जिससमा गठबन्धन विजयी

blog

सिद्धार्थनगर, असार ५ गते । जिल्ला समन्वय समिती रुपन्देहीमा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चापागाई २० मत ल्याइ विजयी हुनुभयो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्तीमगरले १२ मत पाउनुभयो । १६ पालिका रहेको रूपन्देहीमा ३२ मत रहेको जिससको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर बिजयी हुनुभयो भने नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याउनुभयो ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसङ्ख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०,ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्यायी विजयी हुनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Author

कपिल ज्ञवाली