• ७ जेठ २०८१, सोमबार

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

blog

रुकुम पश्चिम, असार ५ गते । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ गत्तसैनामा शनिबार बेलुका जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

जाजरकोटको रिम्नाबाट आठबीसकोट नगरपालिकाको ९ नम्वर वडा राडी तर्फ जाँदै गरेको ग१ज १८९७ नम्बरको जिप शनिवार बेलुका ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय आठबीसकोटका अनुसार मृत्यु हुनेमा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का रहेका छन् ।

प्रहरीका अनुसार उक्त जिपमा दुइ जना मात्र रहेका थिए । जिप अनियन्त्रित भएर दुई सय मिटर तलको भेरी नदिमा खसेको थियो । 


Author

राजु लामिछाने