• २८ असार २०८२, शनिबार

मानवजातिको महत्त्व र जनसङ्ख्या नीति

blog

प्रधानमन्त्री केपी शर्मा ओली

विश्व जनसङ्ख्या दिवसका सन्दर्भमा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ जारी भएकोमा सबैमा शुभकामना दिन चाहन्छु । यस नीतिबाट देशले जनसाङ्ख्यिक प्रश्नमा अत्यधिक लाभ लिन सकोस् । 

कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्याबिना देश हुँदैन । पहिलो सर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो । किनभने, त्यो बनाउने जनसङ्ख्या थियो । भूगोलले देश बनाउँदैन । भूगोल त जनसङ्ख्या र बसोबासभित्रको नियन्त्रणको क्षेत्र देश हुँदो रहेछ । त्यसो भएर जनसङ्ख्या सबैभन्दा महत्वपूर्ण कुरा हो । मैले अक्सर भन्ने गर्छु, मानवजाति हुँदैनथ्यो भने यो पृथ्वी अर्थहीन हुन्थ्यो । यहाँको विकास कसले बुझिदिने, विकासको आवश्यकता किन पर्ने, जङ्गली जनावरलाई विकास हुनुले के फाइदा ? यहाँको सुन्दरताको अनुभूति कसले गरिदिने ? कति सुन्दर पृथ्वी, कस्तो प्रकृति, कस्तो प्राकृतिक छटा, कस्तो सृष्टि, कस्तो लय, कस्तो विनाश, कस्तो साइकल सृष्टिको, लयको र विनाशको ! यो सौर्यमण्डल पृथ्वी नभए के अर्थ हुन्थ्यो ? कसले थाहा पाउन्थ्यो, 

यो ब्रह्माण्डको के अर्थ थियो ? यी तारा नक्षत्रहरू र ग्रहहरू घुम्नुको के अर्थ थियो ? यिनको अस्तित्वको के अर्थ थियो ? त्यसलाई नै बुझ्ने मान्छे भएन भने, अर्बौं र खर्बौं अझ धेरै खर्ब वर्ष, कति वर्ष यो भनेको त एउटा परिकल्पित कुरा हो । यो परिकल्पना कसले ग¥यो, समय कसले बाँड्यो, कसले समय सिर्जना ग¥यो, कुन मान्छेको जन्म र कुन मान्छेको मृत्युलाई के आधार बनाएर अघि र पछि बनाई बनाइकन समय बाँडेर, यो सबै मान्छेको लीला हो । यही मान्छे भएन भने के काम भयो र ? 

जनसङ्ख्या छ र प्रकृति–सृष्टिको अर्थपूर्ण छ । मानिस छैन भने प्रकृति र सृष्टि अर्थपूर्ण छैन । धर्ती मात्रै हो, जहाँ मानिस छ । त्यस कारण यस धर्तीको सौर्यमण्डलमा मात्रै होइन कि विश्व ब्रह्माण्डमा सबैभन्दा महìवपूर्ण सौर्यमण्डल कुनै छ भने हाम्रै सौर्यमण्डल हो । ग्यालेक्सी कुनै छ भने हाम्रै ग्यालेक्सी हो । ग्रह कुनै छ भने हाम्रै ग्रह, यही पृथ्वी नै विश्वका सृष्टिमध्ये, नक्षेत्रका उपजमध्ये, ब्रह्माण्डका उपजमध्ये यो ग्रह नै विश्वको सृष्टिको सर्वोत्कृष्ट हो । यो ग्रहमा सिर्जना भएका, यो ग्रहलाई यस गरिमामय स्थानमा पु¥याउने कामको अर्थ नै मानवजातिको अस्तित्वसँग छ । मानवजाति नभए के काम ? हामी मानवजातिको अस्तित्व, मानवजातिको सुख, समृद्धि, सुखपूर्ण अस्तित्व, सुखपूर्ण अस्तित्व भएन भने फेरि अस्तित्व लोप हुन्छ । त्यस कारण अस्तित्व रक्षाका लागि कतिपय जीवजन्तु किन खत्तम हुँदै छन् भने सुखपूर्ण छैन । मानवजातिको अस्तित्व अहिलेसम्म खतरामा छैन तर मानवजातिका आनिबानी आदि कुराले गर्दा अस्तित्व अलिकति खतरामा पर्ने सम्भावना छ । त्यस कारण यसपपट्टि अब ध्यान दिने बेला भयो । एजिङ पपुलेसनको कारणले दुनियाँलाई अलिक चिन्तित बनाउन थालेको छ । जनसाङ्ख्यिकी बनोट नकारात्मक दिशातर्फ फर्किनु भनेको राम्रो सङ्केत भएन । 

जनसङ्ख्या एकदमै बढेर विस्फोटको एउटा समय थियो । हामी जनसङ्ख्या विस्फोट भन्थ्यौँ । त्यसबेला परिवार नियोजन संस्थाहरू बने । रेडियो खोल्ने बित्तिकै परिवार नियोजन ! सन्तानले डाँडाकाँडा ढाकुन् नभन भनेर कराउँथ्यो । कत्रो चिन्ता थियो, सन्तानले डाँडाकाँडा ढाकोस् नभन भनेर । बुढाबुढीले आशीर्वाद दिँदा सन्तानले डाँडाकाँँडा ढाकुन् भनेर भन्नुहुन्थ्यो, रेडियो खोल्नै हुँदैनथ्यो, खोल्नेबित्तिकै सन्तानहरूले डाँडाकाँडा ढाकोस् नभन भनेर गीत गाउँथ्यो । दुनियाँमा जनसङ्ख्या एकदम तीव्र गतिका साथ बढिराखेको थियो । विकासले जनसङ्ख्याको बढ्दो टे«न्डलाई घट्दोतर्फ फर्कायो र कतिपय देशमा जनसङ्ख्या स्टेबल (स्थिर) छैन र माइनस (ऋणात्मक) तिर गएको छ । जहाँ बढी विकास छ, त्यहाँ ऋणात्मकतिर गएको छ, अथवा विकासले जनसङ्ख्यालाई स्टेबल (स्थिर) राख्नु पर्दथ्यो तर स्थिर राख्न सकेन । जनसङ्ख्या मानवीय नियन्त्रणभन्दा कहिले विस्फोटक दिशामा गइदिने, कहिले फेरि नकारात्मक दिशामा जाने प्रवृत्ति देखा परे । विकास अनिवार्य छ । अवश्यमभावी छ । 

विकास गर्नै पर्छ र हुनै पर्छ । विकास हुन्छ नै, अवश्यमभावी छ । विकासको अर्थ जनसङ्ख्या ह्रास हो भने ‘इट्स भेरी डेन्जरस् ।’ त्यस कारण यो चिन्ताको विषय पनि हो । मुख्य कुरा जनसङ्ख्याको विषय भनेको डेमोग्राफिक ब्यालेन्स हो । यो घट्दै गएर नजाओस् । यसका कारण के छन् त ? विवाह ढिलो गर्नु हो कि ? विकास र उन्नतिको आकाङ्क्षाले गर्दा सन्तानप्रति कर्तव्यबोध हुन नसकेको हो कि ? अथवा मानवीयभाव, मातृत्वभाव, पितृत्वभावको न्यूनता आएको हो कि ? अर्थात् मानवीय भावको न्यूनता आएको हो कि ? बच्चाहरूप्रतिको प्राकृतिक स्नेहमा न्यूनता आएको हो कि ? के भइराखेको हो ? यसका मनोवैज्ञानिक विश्लेषण हुनु आवश्यक छ । मान्छे यति स्वार्थी भयो कि आफ्नो भविष्यका लागि सन्ततिको वास्ता नगर्ने । अथवा जन्माउँदै नजन्माउने भएपछि धर्ती बाँझो हुने भयो, बाँझो भयो भने सबै फेरि गयो । त्यसले ब्रह्माण्डको अर्थ छैन । पृथ्वीमा मात्रै मानव छ । मानव मात्रै श्रेष्ठ छ । प्रकृतिले सिर्जना गरेका सबैभन्दा श्रेष्ठतम् कुरा मानव मस्तिष्क हो । त्यही मास्तिष्क भएको मानिस धर्तीमा भएन भने ! 

मानिसले गज्जब गरेको छ, कहाँ छ चन्द्रमा ताकेर जान्छ, बस्छ र फर्किएर आउँछ । आकाश आकाश नै दुई चार सय मान्छे बोकेर, कति कति टन भारी बोकेर आकाशमार्ग गरेर जान्छ । बादलभन्दा धेरै छिटो उड्छ । मान्छेले त उदुम गरेको छ । हामीलाई देख्दा सामान्य लाग्न थाल्यो तर यी सामान्य कुरा त होइनन् नि ! मान्छेले यही प्रगति गरेको छ । अनि त्यही मान्छे भएन भने ? त्यस कारण म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी सचेत हुन जरुरी छ । 

मानिस जति मूल्यवान् चिज अर्को छैन । यो हाम्रा लागि मात्रै होइन । यो सृष्टि सिर्जनाकै लागि मानव जति मूल्यवान् चिज अर्को छैन । प्लिज मान्छे मार्नेहरू मान्छे मार्न छोड, युद्ध गर्नेहरू युद्ध गर्न छोड, मान्छे मार्ने हतियार उत्पादन गर्नेहरू हतियार उत्पादन गर्न छोड । गोष्ठी जनसङ्ख्या ‘डेमोग्राफिक इम्ब्यालेन्स’ भयो भनेर गर्दै गर्ने, उता हतियार बनाउँदै गर्ने, एकै पटक ‘मास डिस्ट्रक्सन’ का हतियार बनाइदिने । यस बारेमा चिन्ता गर्दै गोष्ठी सेमिनार गर्दै गर्ने, खर्च पनि गर्ने ।

मेरा पनि छोराछोरी छैनन् । सायद मैले समयमै बिहे नगरेर पनि होला । मैले छोराछोरी भएन भनेर जचाउनतिर लागिनँ । ध्यान दिइनँ तर हामी यति व्यस्त हुनु हुँदैन, जसले सन्तान वा उत्तराधिकारी जन्माउने काम नगरोस् । हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ । एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्तै नियुक्त गर्नु पर्छ । सचिव बढुवा हुने बित्तिकै फेरि सहसचिवलाई बढुवा गर्नु पर्छ । रिक्त हुनेबित्तिकै फेरि आह्वान गर्न लोक सेवा चाहिन्छ । उत्तराधिकारी हरेक ठाउँमा चाहिने, अनि घरमै उत्तराधिकारी छैन ! त्यसो भएर पहिलो कुरा मानवीय अस्तित्व र सृष्टिको सार्थकताका लागि हो । यो सानो कुरा होइन । सृष्टिको सार्थकताका लागि ‘डेमोग्राफिक इस्यु’ सर्वाधिक महत्वको यसकारणले हो । 

यही धर्तीमा कतै जनसङ्ख्या धेरै छ, कतै कम छ भने यताको र उताको ल्याउँला । डिभी खोल्दै लाँदै गरेको हामीले त देखेकै हो नि । जमिन धेरै छ, मान्छेको आवश्यकता छ भने डिभी हालेर झिकाउन सकिहालिन्छ । धर्तीमै डिभी हाल्दा पनि नपाइने भयो भने के गर्ने ? मान्छे छैन भने डिभी हाल्ने त कोही पनि हुँदैन । अनि के गर्ने ? त्यस कारण यसमा आत्मनिर्भर हुनु प¥यो । 

मैले केही समयअघि युवाको एउटा कार्यक्रममा भनेको थिएँ, २० वर्षपछि बिहे गर्न सरकारले उमेर खोल्दिएको छ । भन्यो भने फेरि केहीले इस्यु बनाएर कुद्छन् । हाम्रो तराईमा ‘कल्चरल्ली’ नै २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाह्रो कुरा भइराखेको छ । अविवाहित हिसाबले टिकाउन धेरै गाह्रो भइराखेको छ । मैले युवालाई भनेको थिएँ कि सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीन वटा बनाऊ । ३० वर्षभित्र तीन वटा छोराछोरी बनाऊ, अनि काममा लाग । ठुलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म जेठी छोरी हुर्किसकेकी हुन्छे । आजकल के छ भने, बाबुआमालाई पैसा कमाउन थालेपछि आजकाल कोक्रामा सुताउने स्कुल छन् । बच्चाबच्चीलाई स्कुल हाल्दिने । कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, ओल्टाउने पल्टाउने स्कुल, धुलो खेलाउने स्कुल, प्याप्या बजाउने सबै खालका स्कुल छन् हेरविचार गर्नलाई । त्यतापट्टि धेरै चिन्ता गर्नु पर्दैन । तसर्थ, विभिन्न व्यावसायिक विविधताले पनि आजकल सजिलो बनाएको छ । यसमा पनि धेरै चिन्ता गर्नु परेन । 

देशलाई पुग्ने जनसङ्ख्या हुनु प¥यो । हामीकहाँ देशलाई पुग्ने जनसङ्ख्या छ । जनसङ्ख्याको व्यवस्थापन अझै हुन सकेको छैन । त्यस कारण हाम्रा युवा के गीत गाउँछन् भने, ४० कटेपछि रमाउला । महिलाको प्रजनन क्षमता ४० कटेपछि अत्यन्तै न्यून हुन्छ वा प्रायः हुँदैन । अनि ४० कटेपछि रमाउँला भनेर हुन्छ ? त्यस कारण २० वर्ष पुगेपछि बिहे गर र सन्तान जन्माऊ । त्यसमा युवकयुवतीलाई प्रेरित गर्नु पर्छ, प्रोत्साहित गर्नु पर्छ । मान्छेहरूले हाहु गरेर हाँसो मजाकमा उडाउँछन् । त्यो बेग्लै कुरा हो तर यो गम्भीर कुरा हो । जति बेला प्रजनन क्षमता बढी छ, त्यति बेला जन्माउनु पर्छ । पछि ढुक्कले काम पनि गर्न पाइन्छ, केटाकेटी पनि हुर्किहाल्छन् र पढ्छन्, आफ्नो काममा लाग्छन् । छोराछोरीको उन्नति प्रगति पनि राम्ररी देख्न पाइन्छ । नातिनातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ, पनातिपनाति खेलाउने रहर पु¥याउन पाइन्छ । अब अलिकति ६०/७० वर्षभन्दा मुनिका मान्छेलाई नातिनातिनी खेलाउने रहर भनेको के हो, थाहा हुँदैन । नातिनातिनी खेलाउने, पनातीपनातिनी खेलाउने संयुक्त परिवार प्रणाली छ, यो असाध्यै महìवको व्यवस्था हाम्रा पूर्वजले स्थापना गरेका छन् । 

परिवार भनेको एकल परिवार होइन । भाले पोथी र बच्चा चराको पनि हुन्छ नि । त्यो परिवार हुन्छ ? गाईको पनि एउटा बाच्छो हुन्छ, बाच्छी हुन्छ । त्यो परिवार हुन्छ ? हुँदैन । परिवार भनेको परिवारका रूपमा हुनु प¥यो । त्यो हाम्रो समाजमा हुन्छ । यसलाई हामीले कायम गर्नु पर्छ । पारिवारिक प्रणाली, मानवता, पारिवारिक सद्भाव, नाता सम्बन्ध, वसुधैव कुटुम्बकम् विश्व नै कुटुम्ब भनेको छ । कुटुम्बको कसैलाई केही मतलब नै छैन । आफैँ आफैँ ‘मै खाउँ, मै लाउ, सुखसयल वा मोज म गरुँ ।’ आफ्नो स्वार्थका लागि श्रीमतीसँग सम्बन्धविच्छेद गर्छ, कान्छी ल्याउनलाई जेठीसँग सम्बन्धविच्छेद गर्छ, धुरुधुरु रुवाएर । त्यस्ता पनि यहाँ छन् नि । त्यो खालका तरिका छोड्नु पर्छ । मानवीय भावना, पारिवारिक भावना, पारिवारिक आत्मीयता, छिमेक सम्बन्ध, छिमेकी छिमेकीका बिचमा सुमधुर सम्बन्ध, समुदायमा सुमधुर सम्बन्ध हाम्रो तरिका यो हो । स्वार्थ मात्रै सिक्ने होइन, उन्नति गर मानवीय भावनाका साथ । मानवताका साथ उन्नति गर । प्रगति आफ्नो गर, सहयोग अरूलाई गर । यो भावना हामीमा हुनु पर्छ । 

हामीले हरेक स्वस्थ र सक्षम नागरिक तयार गर्नु छ । हाम्रो डेमोग्राफिक प्रश्नको अर्को महत्वपूर्ण कुरा त्यो हो । एउटा ‘एक्जिस्ट्यान्स’ को कुरा, दोस्रो स्वस्थ, सक्षम, देशभक्त, कर्मठ र सक्षम हुनु पर्छ । त्यसका लागि शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुनु पर्छ । अहिले मानिस शारीरिक हिसाबले पनि कम स्वस्थ छ । ‘फुड ह्याविट’ ले गर्दा स्वस्थ छैन । उपलब्ध खान त खानु प¥यो नि, जो उपलब्ध त, त्यो स्वस्थ छैन । समस्या त्यो छ । किनेर पनि स्वस्थ खान पाइँदैन । विषादीयुक्त चिज किनेर खानु पर्छ । विषादी किनेर खानुपर्ने बाध्यतामा हामी छौँ । यो बाध्यता कसरी हटाउने, डेमोग्राफिक प्रश्नको एउटा अर्को कुरा हो कि हामीले स्वस्थ जीवन रहनका लागि पेट भर्ने खाना होइन, स्वस्थ रहने खानाको प्रबन्ध गर्नु पर्छ । यो जनसङ्ख्या नीति, ‘डेमोग्राफिक पोलिसी’ ले ‘इन्डिकेट’ गर्दिने र अरू सरोकारवाला मन्त्रालयले आआफ्ना काम गर्ने । समाज सचेत भएर यस्ता प्रयासमा लाग्ने । 

अहिले समाज गम्भीर हुनुपर्ने ठाउँमा गम्भीर छैन । कति छिटो आवेशमा आउँछ, कति छिटो उत्तेजना आउँछ मान्छेलाई, छक्क पर्छु । के भएको फेरि ? हामी त एउटा सभ्रान्त पुर्खा र पुस्ताका सन्तान हौँ । हामीलाई त त्यो सभ्यता कता गयो गयो, अर्काको चरित्र हत्या गर्न मन लाग्छ, अरूलाई जथाभावी गालीगलौज गर्न मन लाग्छ, के भएको ? हाम्रो त विनयशीलता थियो, झुक्थ्यौँ, भेट्दा नमस्ते गर्दैथ्यौँ । आजकाल नमस्ते गर्नु भनेको ढाडै कुप्रिहाल्छ कि जस्तै गर्छन् । हात जोडियो भने छुट्दैन कि जस्तो डरले हात हामी जोड्न सक्दैनौँ । नक्कल गर्न सँुगालाई छ महिना लाग्छ, हामीलाई एकैछिनमा, कोही भेट्यौँ भने हाई ! गर्छौं । एक पटक होटलमा गयो भने, बच्चाबच्चीले हुक्का राखेको हुन्छ, एउटाले खाउँ न भन्छ, एकैछिनमा ख्वार्रख्वार्र पार्छ । बिग्रिन कति सजिलो र कति छिटो हुन्छ तर सप्रिन ! जिन्दगीभर राम्रो काम गर्नुस्, बल्ल राम्रो मान्छे हुनुहुन्छ । एक दिन बाटो बिराउनुस्, नराम्रो काम गर्नुस् खराब मान्छेमा तपाईंको चर्चा हुन्छ । त्यस कारण बिग्रिन सजिलो छ । सप्रिन जिन्दगीभरि अडानमा बस्नु पर्छ । आफूलाई नियन्त्रण गर्नु पर्छ र आत्मनियन्त्रक हुनु पर्छ । 

हामी नेपालीहरूले जिम्मेवार, आत्मनियन्त्रक जसले आफूलाई पहिले गलत विचार लिनबाट, गलत क्रियाकलाप गर्नबाट, गलत काम गर्नबाट आफूलाई जोगाउनु प¥यो र राम्रा विचार, राम्रा अभिव्यक्ति र राम्रा कामतर्फ हामीलाई लगाउनु प¥यो । अहिले त मान्छे कस्तो भयोभन्दा राम्रो केही भन्नै हुँदैन । राम्रो देख्यो भने कच्याककुचुक पार्न मन लाग्ने । कति राम्रो गुलाफको फूल भन्यो भने, ह्याँ के राम्रो त्यो, यस्तो पनि हुन्छ भनेर फाल्छन् । राम्रो भनेको सुन्नै नहुने । एउटा मात्रै राम्रो भनेको सुन्न पर्ने, हजुर राम्रो हुनुहुन्छ भन्यो भने, अँ, ठिक छ । अरू केही राम्रो भन्नै नहुने । मान्छेमा त्यो प्रवृत्ति, कस्तो सङ्कीर्णता मान्छेमा आइराखेको छ ? एक ढङ्गले भन्ने हो भने समाजमा अस्वस्थता शारीरिक, मानसिक यो खानपिनले गरेको हो कि, यो विषादी किनेर खाएर हो कि, के भएको मान्छे, विषात्त मनस्थिति, विषात्त विचार, विषात्त अभिव्यक्ति, विषात्त क्रियाकलाप ? त्यस्तो खालको प्रवृत्ति मान्छेहरूमा छ । त्यस कारण हामीले स्वस्थ, विषादी र विषाक्तताबाट मुक्त त्यस्तो मानव र नागरिक, जो देश बनाउने कुरापट्टि लाग्नु पर्छ । देश बनाउन आफू आफू बने पुग्छ । सबै मान्छे बन्दिए भने सरकारले बाटा बनाए पुग्थ्यो । आफू आफू मान्छे बन्यो भने सरकारले धेरै केही गर्नु पर्दैन नि । अब यहाँ कस्तो भने प्रशस्त धन छ तर धन भए पनि पढ्ने बेलामा छात्रावृत्ति चाहिन्छ । सरकारको काम के हो, निःशुल्क शिक्षा चाहिँदैन भन्छ । सरकारलाई कर तिर्नु न भन्दा भरसक यो हिसाब मिलाउ न है भनेर त्यहाँ कर्मचारीलाई भन्छ । ए सीए साप तपाईंलाई यहाँ हिसाब जाँच्न मात्रै होइन, हिसाब मिलाउनुस्, तपाईंलाई यसो दसै आउन लागेको छ भन्छ । सीए सापलाई पनि मिलाएर यताउति गरेर गर्छ । ठेकदारकहाँ जाँचकी आउँछ, उसलाई मिलाएर जस्तो क्वालिटीको भए पनि पास गराउने प्रवृत्ति छ । यस्ता कुराबाट जोगिनु पर्छ । 

देश बनाउने भनेको सजिलो होइन । असल मान्छेबाट मात्रै देश बन्न सक्छ । त्यस कारण एउटा जनसाङ्ख्यिकी असन्तुलनतर्फको यात्रा छ । अहिले जति जनसङ्ख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ । अहिले हामी १.९ प्रतिशतमा छौँ तर दुईभन्दा बढी चाहिन्छ । दुईभन्दा बढी चाहिने ठाउँमा त्योभन्दा कमको वृद्धिदर भनेको यो अलिकति डर लाग्दो कुरा हो, सानोतिनो असरले माइनसमा स्वाट्ठै जान सक्छ । 

अब ‘डेमोग्राफिक डिभिडेन्ट’ भएन भने वा ‘डेमोग्राफिक’ सन्तुलन भएन भने त्यसले दुष्परिणाम ल्याउँछ । त्यस्तो ‘डेमोग्राफिक’ सन्तुलन स्वस्थ, तन्दुरुस्त, सक्षम व्यक्तिको समाज हामीले निर्माण गर्नु पर्छ । यसका निम्ति हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो विकास, हाम्रो भोजन, हाम्रा काम क्रियाकलाप आदि कुरा स्वस्थकर हुनु पर्छ । 

मान्छेले काम गरिरहँदा आम्दानी मात्रै हेर्ने होइन, स्वास्थ्य हेरिनु पर्छ । स्वास्थ्यबिनाको आम्दानी के गर्ने ? त्यस कारण आम्दानी हेर्दा स्वास्थ्य प्राथमिकतामा राखेर हेरिनु पर्छ । उद्यमीहरूले, व्यवसायीले मजदुरलाई काममा लगाउँदा उहिलेको जस्तो होइन, अब मजदुरको स्वास्थ्यलाई ध्यानमा राखेर काम लगाउनु पर्छ । अस्वस्थ वातावरणमा होइन, स्वस्थ वातावरणमा, प्रशन्न चित्त हुनका लागि सम्मानजनक ढङ्गले काम लगाउने, पुग्ने खालको तलबको प्रबन्ध, सामाजिक जीवन चल्नु प¥यो, जीवन चल्ने गरी तलब वा आम्दानी हुनु प¥यो । आम्दानी र खर्चका बिचमा हरेक नागरिकको बचतको स्थिति, यी कुराको सन्तुलनबाट ‘डेमोग्राफिक’ सन्तुलन ल्याउन सकिन्छ र उपयोगी जनसाङ्ख्यिकी स्थिति देशमा मौजुदा हुन्छ । यी चिज हामीले गर्नु पर्ने छ । 

हामी विश्व मानवजातिका लागि योगदान गर्न सक्छौँ । हाम्रा शान्तिवादी पक्ष, मानवतावादी पक्ष, मानव पक्ष विचार र व्यवहारले, क्रियाकलापले विश्व मानव समुदायमा सकारात्मक योगदान पु¥याउन सक्छौँ । आज पु¥याइराखेका छौँ तर कसरीभन्दा युद्ध भइराखेका ठाउँमा नेपाल युएन अन्तर्गत जुन पिसकिपिङ फोर्समा जान्छ, त्यसमा फोर्स उपलब्ध गराउने देशमा नेपाल पहिलो छ । नेपालले योगदान गरेको छ, मान्छे बचाउने कुरामा योगदान गरेको छ । कुनै क्रियटिभ कुरामा योगदान गर्न पाए हुन्थ्यो तर हामीले मान्छेबाट मान्छे बचाउने कुरामा, त्यहीँका दुईपक्षीय मान्छे लडेर, त्यहीँका दाजुभाइ दिदीबहिनी लडेर, त्यहीँको समाजलाई बर्बाद पार्ने कुरालाई जोगाउने कुरामा पो हामी लाग्नु परिराखेको छ । योभन्दा क्रियटिभ कुरामा लाग्न पाए कति राम्रो हुन्थ्यो ! हाम्रो त्यो जनसङ्ख्या, हामी त्यहाँ जान जरुरी छ किनभने हामी असंलग्न राष्ट्रका मान्छे हौँ, हामी तटस्थ छौँ र त्यो कायम गर्छौं । हामी त्यो कायम गर्न सक्छौँ । हाम्रो शत्रु भनेपछि लड्न पनि सक्ने र तटस्थ बस्ने, नलड्ने भनेपछि नलड्न पनि सक्ने, तटस्थ भएर बस्न पनि सक्ने, निष्पक्ष भूमिका खेल्न पनि सक्ने छौँ । त्यसै कारण त हामी सानो देश भएर पनि विश्वसनीय छौँ । त्यस कारण संयुक्त राष्ट्रसङ्घमा पिसकिपर्समा हाम्रो सङ्ख्या विश्वमा एक नम्बरमा छौँ । 

सानो देश भए पनि हामी विश्वसनीय छौँ । सानो सेना छ, हाम्रो सानो सुरक्षा शक्ति छ तर पनि हामी किन पिसकिपिङ फोर्समा नम्बर एक छौँ भन्दा हाम्रो निष्पक्षता र हामी अप्ठ्यारा ठाउँमा गएर पनि हाम्रो कर्तव्य पूरा गर्छौं । तर हामीले त्यस कुरालाई उत्पादनको काममा लगाउन पाएको भए, ती मान्छेलाई हामीले एआइतिर लगाउन पाएको भए, विज्ञान र प्रविधिको प्रयोग गरेर विकासका काममा त्यो जनसङ्ख्या त्यतापट्टि लगाउन पाएको भए, त्यतापट्टि हामीले सदुपयोग गर्न पाएको भए हामीलाई पनि फाइदा हुन्थ्यो, विश्वलाई पनि फाइदा हुन्थ्यो तर आजको वर्तमान रियालिटी के हो भने त्यसरी सम्पूर्ण मानवजाति मानवीय भावनाले एकअर्कामा स्नेह र सद्भावका साथ यस विश्वलाई सुन्दर बनाउने र यसको भविष्य सुरक्षा गर्ने कुरामा लागिराखेको छैन, लाग्न सकिराखेको छैन । विश्वका शक्ति राष्ट्रहरूले यो सोच्नुपर्ने विषय हो । वास्तवमा सुप्रिमेसी, डोमिनेसन र कन्ट्रोल अहङ्कारका उपज हुन्, स्वार्थका उपज हुन् । मित्रता, बन्धुत्व, सहअस्तित्व, सहकार्य यी कुरा सालीनता, मानवता र विनम्रताका पक्ष हुन् । यी कुरा शान्तिका पक्षहरू हुन् । नेपाल सदैव शान्तिको पक्षमा छ । 

यस्तो देशमा हामी डोमोग्राफिक इस्युमा कन्सस् हुनु पर्छ कि हामी कस्तो र कुन साइजको जनसङ्ख्या, कमसेकम जनसङ्ख्या वृद्धिदर पहिलो कुरा ऋणात्मकतातिर जान दिनु हुँदैन । दोस्रो, स्वस्थ, दक्ष, सक्रिय, इमानदार, निष्ठावान् जनशक्ति, जसभित्र वसुधैव कुटुम्बकम्को भावना छ, मानवतावादी भावना छ, त्यस्तो जनशक्ति, कर्मठ जनशक्ति तयार गर्न सकियोस् । जसले योजनाबद्ध ढङ्गले आफ्नो देश र विश्वको सम्बन्धमा विचार गर्न र काम गर्न सकोस् । 

मन्त्रालयले मेहनत गरेर जनसङ्ख्या नीति ल्याएको छ । यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ । यसमा कमी छँदै छैनन्, हुँदै हुँदैनन् भन्न सकिँदैन, कमी भएदेखि हामी ग्रहणशील छौँ । जोसुकै साथीहरूले पनि यसमा भएका कमीकमजोरी र सुधार गर्नुपर्ने र विकास गर्नुपर्ने कुरा देखाइदिन सक्नुहुन्छ । ती कुरा खास गरेर मन्त्रालयले ग्रहण गर्ने छ र त्यसलाई राष्ट्रिय नीतिको परिमार्जनका रूपमा, फेरि परिमार्जित नीतिका रूपमा अगाडि बढाइने छ । यो नीति ग्रहण गरौँ । आलोचनात्मक चेत भन्छ, त्यो होइन, विश्लेषणात्मक चेत हामीलाई चाहिन्छ । आलोचनात्मक चेतले देश आक्रान्त भइसक्यो । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव र टिप्पणी हुनु पर्छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ र यहाँनिर कमजोर भयो भनेर देखाउन सकिन्छ । त्यो खालको प्रवृत्ति विकास गर्न जरुरी छ । त्यो कुरा आओस् भन्ने म आग्रह गर्न चाहन्छु । 

यस कार्यक्रमको आयोजनाका लागि स्वास्थ्य मन्त्रालयलाई म विशेष धन्यवाद भन्न चाहन्छु । यी कुराको अर्थ हो, तपाईंहरू सबै स्वस्थ रहनुहोस्, प्रसन्न चित्त रहनुहोस् । प्रसन्न चित्त रहन सकेन भने डिप्रेसन भनेको त्यही हो । चित्त अर्कासँग हुँदैन, आफैँसँग हुन्छ । अरू बनाउने कुरा छोड्दिनुस्, आफैँसँग भएको चित्त पनि ठिक ठाउँमा राख्न सक्नुहुन्न भने के ठिक राख्नुहुन्छ त ? श्रीमान्को असन्तुष्टि होला, श्रीमतीको असन्तुष्टि होला, छोराछोरीको असन्तुष्टि होला, बाबुआमाको असन्तुष्टि कसरी सम्बोधन हुन्छ, आफ्नै चित्त ठेगानमा छैन भने ? त्यसकारण ‘वि ह्याप्पी’ (प्रसन्न हुनुस्) । प्रसन्न चित्त रहौँ, सबैलाई प्रसन्न चित्तका साथ स्वस्थ रहन आग्रह गर्छु । आज विश्व जनसङ्ख्या दिवस, ‘डेमोग्राफिक इस्यु’ मा विशेष ध्यान दिऊँ । हाम्रो युवा पुस्तालाई जनसङ्ख्याप्रति सजग रहन सचेत गराऔँ । 

(प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार, २०८२ मा जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गर्नुभएका धारणाको सम्पादित अंश )