• २४ असार २०८२, मङ्गलबार

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, असार २४ गते । धनुषामा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका छन् । नुहाउने क्रममा दुवैको मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दुवै जना बिहान पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनीहरू डुबेका थिए। दुवैलाई उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो । 

दुवै दिदीबहिनीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।