• ५ जेठ २०८१, शनिबार

नेपाल बैङ्कको एपमा डाटा शुल्क नलाग्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३ गते । नेपाल बैङ्क लिमिटेडले मोबाइल बैङ्किङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैङ्कमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाई सो सुविधा दिने गरी बुधबार बैङ्क र नेपाल टेलिकमबीच सम्झौता भएको हो । 

सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत सङ्गीता पहाडी र नेपाल बैङ्कका प्रमुख वित्त अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गर्नुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलको उपस्थितमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँमा भएको हो ।  सम्झौताअनुसार टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैङ्कको मोबाइल बैङ्किङ रजिस्टर गर्ने सम्पूर्ण ग्राहकले यो सुविधा पाउनेछन् ।