• १३ साउन २०८१, आइतबार

कालीगण्डकीमा बेपत्ता भएका सात जनाको उद्धार

blog

फाइल तस्बिर

रेखीराम राना

पाल्पा, असार २ गते। पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा बेपत्ता भएका सात जनाको उद्धार भएको छ। 

बिहीबार साँझ पौने ७ बजेतिर र्या‍फ्टिङ् गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएको हो। 

बेपत्ता सातै जनाको सकुशल उद्धार भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो। रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्दार भएको हो। 

उनीहरूको रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्दार गरिएको हो। सबैले सेफ्टी ज्याकेट लगाएका कारण सकुशल उद्दार भएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो।