• १० असार २०८२, मङ्गलबार

ढलेको रुखले सवारी साधनमा क्षति

blog

ढलेकाे रुखले क्षति पुर्‍याएको सवारी साधन।

लीलाधर ओली

घोराही, असार १० गते। दाङमा रुखको हाँगाले सवारी साधनमा क्षति गरेको छ।  घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको रुख ढलेर सडक छेउमा पार्किङ गरेर राखेको रा १ ज ४६६ नम्बरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्बरको मोटरसाइकलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। 

मङ्गलबार बिहान ११ बजेतिर कुइरेपानी चोकमा पार्किङ गरेर राखेको समयमा बरको रुखले गाडी र मोटरसाइकलमा क्षति पुर्‍याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो। उहाँका अनुसार गाडी र मोटरसाइकलमा मानिस नहुँदा मानवीय क्षति भने हुन पाएन।

रुख ढलेर अवरुद्ध बनेको घोराही–लमही सडक केही समयमै सञ्चालन भएको  प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ।