• २४ जेठ २०८२, शनिबार

साइकलले ठक्कर दिँदा ज्येष्ठ नागरिकको मृत्यु

blog

राजु लामिछाने
रुकुमपश्चिम, जेठ २४ गते ।
रुकुमपश्चिमको सानिभेरी गाउँपालिका–७ फुक्रुमा  साइकलले ठक्कर दिँदा ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाथोकीका अनुसार शुक्रबार बेलुका सोही वडाका ७२ वर्षीय खर्कसिङ ओलीको साइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

उहाँका अनुसार खेत जोतेर फर्कदै गरेका ओलीलाई साइकलले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार सोही वडाका बालकले तीव्र गतिमा चलाएको साइकलले ठक्कर दिएपछि ओलीको मृत्यु भएको हो ।

अहिले ओलीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको जानकारी उहाँले दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।