• २३ जेठ २०८२, शुक्रबार

मेहनतलाई निरन्तरता

blog

सीमित स्रोत र साधनको समुचित परिचालन गरी निश्चित समयमा लक्षित उपलब्धि हासिल गर्न गरिने व्यवस्थित प्रयास नै योजना हो । योजना भविष्यदर्शी दृष्टिकोण हो । यो गन्तव्यतर्फको मार्गदर्शन हो । योजनाले हामीलाई हाम्रो सपनामा लैजान सक्छ र फरक पहिचान पनि दिन सक्छ । कडा परिश्रम गरेनौँ भने हामीले नतिजा राम्रो प्राप्त गर्न सक्दैनौँ । भगवान्ले गीतामा पनि भनेका छन् कर्म गर तर फलको लोभ नगर । गत २०८१ सालका उपलब्धि र २०८२ सालका योजना–

मेहनतलाई निरन्तरता

म बिहान ६ बजे उठ्थेँ । आफ्नो नित्यकर्म पूरा गर्थें । अनि रुटिन अनुसार पढ्थेँ । कक्षामा अनुशासित भई शिक्षकले पढाएको कुरा राम्रोसँग सुन्थेँ । शिक्षकले दिनुभएको कक्षाकार्य र गृहकार्य गर्थें । नआएको कुरा शिक्षकलाई सोध्ने गर्थें र घरमा अभिभावकलाई नआएको कुरा सोध्थेँ । मेहनतलाई घट्न दिइनँ । यो वर्ष पनि मेहनत निकै गर्ने छु ।

खेललाई निरन्तरता

म तेक्वान्दो खेलको तालिम लिन दिनदिनै जान्थेँ । आफूभन्दा ठुलो बेल्टको व्यक्तिलाई सम्मान गर्थेँ । अनुशासित हुन्थेँ । गुरुले सिकाएको कुरा ध्यान दिएर गर्थें । सिकाएको कुरा सिक्थेँ । सबैलाई राम्रो व्यवहार गर्थें । आत्मरक्षाका लागि मद्दत पुग्ने भएकोले म यो खेललाई यस वर्ष पनि निरन्तरता दिने छु । म अहिले हाफ ब्लु बेल्टमा छु । अब ब्ल्याक बेल्टमा पुग्ने लक्ष्य छ । 

काममा सघाउँथेँ

बिहानै उठेपछि घरमा आफैँले चिया पकाउँथेँ । अनि कुचोले घर बढार्थें । खाना पकाउन सघाउँथेँ । ढोका पुछ्थेँ । कोठा सफा गर्थें । भाडाहरू माझ्थेँ । खाजा पकाउँथेँ । अनि अरू काममा पनि सघाउँथेँ । घरको काममा सघाउन मन पर्छ । यस वर्ष पनि अल्छी गर्ने छैन । घरको काममा सघाउने छु ।

असहायलाई सहयोग 

गरिब असहाय मानिसलाई देखेर मलाई असाध्य माया लाग्छ । २०८१ सालमा मैले गरिब असहाय मानिसलाई धेरै सहयोग गर्न पाइनँ । अब २०८२ सालमा म गरिब असहाय व्यक्तिलाई सहयोग गर्ने छु । कसैलाई पैसा दिने छु भने कसैलाई खाना खान दिने छु ।

अतिरिक्त क्रियाकलापमा राम्रो 

म अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेकी छु । म नृत्य, सङ्गीत, फुटबललगायत खेलकुदमा पनि सहभागी हुन्थेँ । अनुशासिन रूपले यी खेल खेल्ने गर्थें । म खेल नियमपूर्वक खेल्थेँ । जितहारको अपेक्षा गर्दिनँ थिएँ । यो वर्ष पनि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने छु ।   

  मुना