• १८ असार २०८१, मङ्गलबार

पृथ्वीराजमार्गको पहिरो : रातमा पनि एकतर्फी सवारी सञ्चालन

blog

पहिरो गएको साँखरमा सञ्चालनमा ल्याइएका सवारी साधन । फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, जेठ २९ गते। सडक भासिदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा आइतबारबाट राति पनि सावारी साधन सञ्चालनमा आउने भएका छन्। 

भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो पारिएकोले एकतर्फी रुपमा राति सडक सञ्चालमा ल्याइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गौरेले जानकारी दिनुभयो।

 यात्रलाई सहज बनाउन एकतर्फी रुपमा सबै सवारीलाई रातमा पनि सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय दमौलीले सडकसँगै रहेको पहरो काटेर सडक फराकिलो बनाएको हो। सडक बनाउने काम भइरहेकोले सडक बनाउने र खोल्ने आलोपालो गरी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

हाल साँखरमा सडक डिभिजन कार्यालय तनहुँले यान्त्रिक कार्यालय डुम्रेको एक्साभेटर, लोडर र सडक डिभिजन कार्यालय हेटौंडाबाट ल्याइएको ब्रेकरले काम गरिरहेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा जोखिम कायम रहेको भन्दै ठूला सवारी साधन सञ्चालनमा सावधानी अपनाइएको छ।