• १८ असार २०८१, मङ्गलबार

अमेरिकी आर्मी टोली पाँचखाल र शिवपुरी भ्रमणमा

blog

काठमाडौं, जेठ २९ गते । नेपालको औपचारिक भ्रमणमा रहनु भएका अमेरिकी आर्मीका कमान्डर जनरल चाल्र्स ए फ्लाइनसहितको सदस्य टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्रीवीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभएको छ । 



भ्रमण टोलीलाई पाँचखालमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट त्यहाँको वस्तुस्थिति लगायत विविध पक्षको बारेमा जानकारी गराउनुभएको थियो । उक्त अवसरमा भ्रमणदलका सदस्यहरुबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको थियो ।  


भ्रमणदलले आइतबारनै शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरेको थियो । भ्रमणदलका कमान्डर फ्लाइनद्वारा कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया र कलेज परिषरमा वृक्षारोपण पनि गर्नुभएको थियो । जेठ २६ गते नेपाल आएको अमेरिकी आर्मी टोली आइतबार नै स्वेश फर्किनेछ ।