तनहुँ, जेठ १६ गते । तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता भएका छन्
बिहबार साँझ ६ बजे पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
सशस्त्र प्रहरीका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले सोही ठाउँ बस्ने ११ वर्षीया सृष्टि गुरुङ्ग त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको बताइएको जानकारी दिनुभयो ।
बेपत्ता बालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको उहाँको भनाइ छ ।