• १७ जेठ २०८२, शनिबार

सञ्चार मन्त्रालयका लागि सात अर्ब ७२ करोड विनियोजन

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

काठमाडौँ, जेठ १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि सात अर्ब ७२ करोड रुपियाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार साइबर सुरक्षा जोखिम न्युनिकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिने छ । 

साइबर सुरक्षा जोखिम आँकलन गरी त्रैमासिक रुपमा सुरक्षा एड्भाइजरी जारी गर्ने बताउनुभयो । सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्ने जानकारी दिनुभयो । हुलाक कार्यालयहरुलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने बताउनुभयो ।