• १७ जेठ २०८२, शनिबार

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न १३ अर्ब ८२ करोड बजेट विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्भवती सुत्केरीको जीवन रक्षाका लागि आमा सुरक्षित कार्यक्रम, सुनौलो हजार दिन विपन्न नागरिकका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न १३ अर्ब ८२ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो। 

साथै उहाँले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थको विस्तार गरिने जानकारी दिनुभयो।