काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री विष्णु पौडेलले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्नुहुँदै उहाँले सो जानकारी दिनुभएको हो ।
आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । जलवायु कोषमा वित्तिय पहुँच निर्माण गरिने छ ।
जनवायु अनुकुलनका कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिने बताइएको छ ।