• १८ असार २०८१, मङ्गलबार

'बाँकी एउटा सपना' बोलको गीत सार्वजनिक

blog

काठमाडौं, जेठ २९ गते । टंक तिमिल्सिना र अपेक्षा गिरिको स्वर रहेको 'बाँकी एउटा सपना' बोलको गीत सार्वजनिक भएको छ ।

भिडियाेमा गायक तिमिल्सिना र गिरिकै अभिनय देख्न सकिन्छ । गीतमा शब्द, संगीत तथा एरेन्ज पनि गायक टंक तिमिल्सिनाकै रहेको छ । 

यस्तै, गीतमा कुमार राना मगरको मिक्सिङ, सञ्जिव बराइलीको गितार र रत्न विकको बासुरी र दिम भुवन गन्धर्वको मादल छ । गीतको भिडियो उत्तम हुमागाईंले छायांकन गर्नुभएको हो भने दिपेन बस्न्यातले सम्पादन गर्नुभएको हो। र भिडियो जिवन शाहीले निर्देशनमा बनेको हो ।