• १८ असार २०८१, मङ्गलबार

जस्टिन बीबरको अनुहारको आधा भाग 'प्यारालाइज्ड'

blog

क्यानडियन गायक तथा गीतकार जस्टिन बीबर ।

काठमाडौं, जेठ २९ गते । २८ वर्षीय क्यानडियन गायक तथा गीतकार जस्टिन बीबर हाल खतरनाक रोगसँग जुधिरहेका छन् । बीबरले इंस्टाग्राम अकाउन्टमार्फत आफ्नो अनुहारको आधा भागमा प्यारालाइसिस भएको जानकारी दिनुभएको हो ।

“तपाईं देख्न सक्नुहुन्छ म एउटा आँखा झिम्क्याउन नै सक्दिनँ । मलाई 'राम्से हन्ट सिन्ड्रोम'का रोग लागेको हो । मेरो एकातिरको भाग नचल्दा म हाँस्न सकेको छैन । अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएछ जसले मेरो छाला, दिमाग, शक्ति लगायतक मेरै स्वास्थ्यलाई असर गरेको छ”, बीबरले भिडियाेमा भन्नुभएकाे छ ।

बिबरको भएको यस संक्रमणको बारेमा उहाँले आगामी डकुमेन्ट्री श्रृंखला 'जस्टिन बीबर : सिजन्स'मा पनि बताउने भएको छ । १० भागको यो कार्यक्रम  जनवरी २७ मा रिलिज हुने बताइएको छ ।