काठमाडौँ, जेठ १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिनुभएको छ।
मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञसँग जानकारी लिनुभएको हो।
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ। यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ।
प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विभागमा पुगेर मौसम पूर्वानुमानबारे जानकारी लिनुभएको छ।