• १० जेठ २०८२, शनिबार

नेपाली बालकथामा पर्या : चासो र चिन्तनमाथि अन्तर्क्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १० गते  । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बालबालिकालाई पर्यावरणको सुरक्षा संवर्धनका सवाललाई  बालसाहित्यको माध्यमबाट दिन सकिने बताउनुभएको छ ।

प्रतिष्ठान र बालसाहित्य समाजद्वारा शुक्रबार राजधानीमा आयोजित ‘नेपाली बालकथामा पर्या : चासो चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै हाल विश्वकै सबैभन्दा ठुलो समस्या र चिन्ताको विषय जलवायु परिवर्तनको समस्यालाई बाल मस्तिष्कमा पार्न साहित्यको माध्यम नै सबैभन्दा उत्तम उपाय भएको उहाँले बताउनुभयो । बालबालिकाले जानेका सकारात्मक कुरा आफ्ना जीवनमा पनि लागु गर्छन् भन्दै सानैदेखि पर्यावरणको संवर्धनको ज्ञान दिनुपर्ने उहाँको भनाइ थियो । बालसाहित्यकार प्रमोद प्रधानले नेपाली बालसाहित्यमा चालिसको दशकपछि मात्र पर्यावरण जोगाउन प्रेरित गर्ने खालका बालसाहित्य सिर्जना हुन थालेको बताउनुभयो । 

उहाँले विगतमा अलि अर्ती उपदेश दिने खालका बढी रचना गरिन्थे भने ६० दशकपछि अझै परिष्कृत र प्राविधिक पक्षसमेत समेटिएका नयाँ नर्या सिर्जना लेखकले लेख्न थालेको चर्चा गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले पर्यावरणका विषयमा लेखिएका बालसाहित्यको दृष्टिले विश्व मानचित्रमा नेपाल कुन स्थानमा छ भन्ने खोजी पनि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य विभाग र नेपाल बालसाहित्य समाजले गत माघ महिनामा आयोजना गरेको कथा लेखन प्रतियोगिताका विजयी बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो ।