गोरखापत्र समाचारदाता
काठमाडौं, जेठ १० गते । फिलिपिन्समा मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दी वल्र्ड २०२५’ मा सहभागी हुन ‘म्यान अफ दी वल्र्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्स प्रस्थान गर्नुभएको छ । दुलालले ‘मिस्टर नेपाल २०२४’ मा ‘म्यान अफ दी वल्र्ड नेपाल २०२४’ जित्दै यो अवसर प्राप्त गर्नुभएको हो । प्रतियोगितामा उहाँले ‘बेस्ट पर्सनालिटी’ को अवार्ड जित्नुभएको थियो । ३५ भन्दा बढी देशका सहभागी रहने प्रतियोगितामा दुलाल नेपालको एक्लो प्रतिनिधि हुनुहुन्छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर नेपाल २०२३’ विजेता समर्पण कार्की, निमेश कपाली, ‘मिस्टर वल्र्ड २०२४’ सन्तोष लोक्सम, ‘मिस्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठलगायतले बिदाइ गर्नुभएको थियो ।