• १० जेठ २०८२, शनिबार

सूचना प्रविधिमा महिलाको सहभागिता अपरिहार्य

blog

काठमाडौँ, जेठ ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राघिका अर्यालले सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता गराउने समय आएको बताउनु भएको छ ।  ‘गर्ल्स  इन आईसिटी डे’को अवसरमा सचिव अर्यालले सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता गराउने समय आएको बताउनुभएको हो । 

उहाँले मन्त्रालयले महिला र पुरुषको सम्मान सहभागिता गराउने उद्देश्यले सूचना प्रविधि क्षेत्रमा लगानी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालले सूचना प्रविधि क्षेत्रमा निकै प्रगति गरेको भएपनि महिलाको सहभागिता निकै न्यून छ । त्यसको लागि मन्त्रालयले सूचना प्रविधि क्षेत्रमा लगानी गरेको छ ।” 

उहाँले ग्रामीण क्षेत्रमा महिलाको सहभागिता बढाउन मन्त्रालयले सोही क्षेत्रमा सूचना प्रविधि सम्बन्धी प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको बताउनुभयो । मन्त्रालयले आईसिटी नीति, एआई नीतिहरू दूरसञ्चार सम्बन्धी ऐन र नियमहरू अद्यावधि गर्ने तयारी गरेको जानकारी दिनुभयो । यो क्षेत्रमा नवप्रवर्तकलाई प्रोत्सान गर्न र  महिला पुरुषलाई सम्मानरुपमा समावेश गर्न डिजिटल इको प्रणाली आवश्यक भएको उहाँको ठहर छ ।

यसका लागि नेपालले  १९९५ मा बेल्जियम घोषणापत्रमा सबैको लागि समावेशी, भयमुक्त र अवसरले भरिपूर्ण डिजिटल भविष्य निर्माण गर्ने प्रतिबद्धता गरेको जानकारी दिनुभयो । 

विश्वमा महिलाको सहभागिता जनाउन यो डे मनाउन सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सूचना प्रविधिको प्रयोगमा निकै ठूलो रुपमान्तरण आइसक्दा पनि नेपालमा यो क्षेत्रमा महिलाको सहभागिता निकै न्यून रहेको छ । यो क्षेत्रमा महिलाको सहभागिता बढाउन यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने विश्वास लिएका छौँ ।” 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अनिता निरौलाले मन्त्रालयले डिजिटल वल्र्डमा लैङ्गिक खाडल पूरा गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले लिङ्गको भेदभाव नगरी सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा, डिजिटल साक्षरता र प्राविधिक पहुँच पुर्‍याएको दाबी गर्नुभयो । 

डिजिटल रूपान्तरणका लागि आईसिटीमा महिलाको सहभागिता भन्ने नाराका साथ काठमाडौँमा गल्स इन आईसिटी डे २०२५ आयोगना गरिएको थियो ।

कार्यक्रममा सहभागीले आईसिटी पेशामा महिलाहरू अगाडि आउन नपाएको गुनासो गर्दै यसका लागि सरकारले नीति निर्माण तहमै किशोरी तथा महिलालाई समावेशी बनाउन जरूरी रहेको आवाज उठाएका थिए ।