रेखीराम राना
तानसेन, जेठ ९ गते । पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ नदीमा डुबेर भारतीय नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत महाराजगन्ज नौतुनवा बस्ने १८ वर्षीय सोयव अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भारतबाट नेपाल घुम्न आएका बेलामा पाल्पाको तिनाउ–३, स्थित ड्यामसाइड तिनाउ नदीमा पौडी खेल्ने क्रममा बिहीबार बेलुकी ४ बजेतिर अन्सारी डुबेर बेपत्ता भएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
बेपत्ता अन्सारी चार जना साथीसँगै घुम्न आएका थिए । गर्मीको मौसममा ड्यामसाइड क्षेत्रमा पौडी खेल्दा मानिसको ज्यान जाने गरेको छ । प्रहरीले उक्त क्षेत्रमा नजान आग्रह गरेपनि अटेर गरेर पौडी खेल्ने क्रममा दिनहुँजसो यस्ता घटना घट्ने गरेको प्रनाउ मल्लले बताउनुभयो ।