• १९ जेठ २०८२, सोमबार

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकमालाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्कर्मा
गुल्मी, जेठ ६ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले सङ्घीयताको सबलीकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धिमापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारबिच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागु भएको जानकारी गराउनुहुँदै उहाँले त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

“हरेक कामलाई उपलब्धिसँग जोड्न जरुरी छ । व्यापक दृष्टिकोणसहित योजनाहरू अघि बढाउनुपर्छ, जसले जनतालाई उपलब्धिसँग जोड्न सकोस्, नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकोस् ।’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएरअघि बढेको छ ।’’

जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“हामीले प्रवाह गर्ने सूचना प्रभावकारी हुन जरुरी छ । कसैले पनि थाहा पाएनौँ । भन्ने अवस्था आउन दिनु हुँदैन ।’’ उहाँले भन्नुभयो, “यस काममा कर्मचारी साथिहरुले विशेष ध्यान दिन जरुरी छ ।’’ सेवा प्रवाहसँग जोडिएका कार्यविधि र निर्देशिका संशोधन गरेर समय सापेक्ष बनाइने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।