नवीनराज कुइँकेल
लमजुङ, जेठ ६ गते । लमजुङको मध्यनेपालमा सम्पन्न १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेहिशीसहर नगरपालाले जितेको छ । १२ स्वर्ण, ९ रजत र ५ काश्य गरी २६ पदकसहित बेँसीसहर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।
७ स्वर्ण, ८ रजत र ७ काश्य गरी २२ पदकसहित सुन्दरबजार नगरपालिका उपविजेता बन्न सफल भयो । ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक गरी १३ पदक जितेर दोर्दी गाउँपालिका तृतीय बन्न सफल भयो । प्रतियोगितामा मर्स्याङ्दी गाउँपलिकाले अनुशासित टिमको ट्रफी हात पार्यो ।
प्रतियोगितामा आठवटै पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्रसय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो, सटफुटलगायतका खेल सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
विजेता टिम र खेलाडी छात्र छात्रहरूलाइ ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रवि थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्ष मर्स्याङ्दी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्नेगरी जिल्ला खेलकुद विकास समितिले झण्डा हस्तान्तरण गरेको थियो । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।