• ९ जेठ २०८२, शुक्रबार

गोरखापत्रकर्मी पुरस्कृत

blog

धम्बोझी समाचारदाता

धम्बोझी, जेठ ६ गते ।  चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले गोरखापत्रकर्मी सावित्री गिरी र नृत्य निर्देशक एवं कलाकार नवराज सुवेदीलाई सम्मान गरेको छ ।  राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवं सङ्घको २६ औँ राष्ट्रिय वार्षिकोत्सवका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

स्थानीय तहमा रहेर नेपाली चलचित्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै गिरीलाई सम्मान गरिएको हो भने बाँकेलाई कर्मथलो बनाउँदै नेपाली कला, संस्कृति, गीतसङ्गीतको विकासमा योगदान गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो । 

चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुव्रmऋषि चौलागाई, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष नीरज गौतमलगायतले सम्मान गर्नुभएको थियो ।