• ९ जेठ २०८२, शुक्रबार

विद्युत् चोकमा सडक कालोपत्रे हुने

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), जेठ ६ गते । गुल्मी सदरमुकाम तम्घासको विद्युत् चोकमा सडक स्तरोन्नतिसँगै कालोपत्रे हुने भएको छ । गत पुस २८ गते गोरखापत्र दैनिकमा खाडलका कारण आवागमनमा असहज शीर्षकमा समाचार प्रकाशन भएपछि सरोकारवालाको ध्यान गएको हो । रेसुङ्गा नगरपालिका–९ को विद्युत्, नापी र मालपोत कार्यालय जाने सडकमा ठुलठुला खाडल हुँदा दुर्घटना बढ्ने जेखिम रहेको छ । 

कुल ७२० मिटरमध्ये अहिले ५१८ मिटर सडक स्तरोन्नतिसँगै कालेपत्रे गर्ने गरी एक÷दुई दिनभित्रैमा काम सुरु हुने वडा नं. ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयबाट उक्त कार्यका लागि बजेट सुनिश्चित र कार्यादेश आइसकेकाले जतिसक्दो छिटो काम सम्पन्न गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ । पाण्डेले उक्त सडक नालीसहित छ मिटरको हुने बताउनुभयो । 

सवारीचालक लोकेन्द्र खत्रीले उक्त सडकमा खाडलबाट आफूसँगै सवारी पनि बचाउनुपर्ने र पैदलयात्री पनि बचाउनुपर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुने गरेको बताउनुभयो ।