• ९ जेठ २०८२, शुक्रबार

कमीकमजोरी सुधार्दै अघि बढ्छौँ : प्रचण्ड

blog

जनतासँग माओवादी जागरण अभियानका क्रममा अध्यक्ष प्रचण्ड  ।तस्बिर : बासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, जेठ ६ गते  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा भएका कमीकमजोरी सुधार गर्दै जनभावना अनुसार अघि बढ्ने बताउनुभएको छ । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान अन्तर्गत जाजरकोटको छेडागाडमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

तीन पटक जनताले सरकारको नेतृत्वका व्रmममा ठुला ठुला आयोजना सुरु गरेको बताउँदै जनतासँगको सम्बन्ध बढाउन अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले आर्र्थिक संमृद्धि पछौटेपनको अन्त्य गरी सुशासन स्थापना गर्न अभियान चलाएको बताउनुभयो । जनयुद्धका सहिदलाइ आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गर्ने काम गरेको बताउनुभयो । 

उहाँले सत्य निरूपण आयोग बनेको र सहिद परिवारलाइ सेवासुविधा दिने, जनयुद्ध दिवसलाई वैधानिकता दिने बाटो खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारलाई खबरदारी दिन जनताका बिचमा आएका छौँ ।” जनताको आर्थिक सामाजिक रूपान्तरण अघि बढेको छ । जनताले दिएका सुझावलाई सरकारसमक्ष राख्ने, अलपत्र परेको मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नदीको पुल निर्माण, छेडागाड नगरपालिका–१२ स्थित मन्तभिरको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिने बताउनुभयो । मध्यपहाडी लोकमार्ग आफ्नो नेतृत्वको सरकारले सुरु गरेको उल्लेख गर्दै बाँकी काम छिटै पूरा गर्न लागिपर्ने उहाँको भनाइ छ । 

नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनतासँग माओवादी जागरण अभियान सम्बोधनका व्रmममा सामाजिक, आर्थिक रूपान्तरण, संविधानको रक्षा, वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने सङ्कल्प गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले सुशासन र आर्थिक संमृद्धीका पक्षमा गरेका काम जनतामाझ ल्याउन मध्यपहाडी लोकमार्ग अन्तर्गत जनतासँग माओवादी जागरण अभियान सञ्चालन गरेको छ । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नि सापकोटा, उपमहासचिव शक्ति बस्नेतलगाएतका नेताको उपस्थिति रहेको थियो ।