घोडाघोडी (कैलाली), जेठ ५ गते । निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका-४ भगवानपुरका एक युवकको मृत्यु भएको छ । २७ वर्षीय दीपेन्द्र थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
जिल्लाको घोडाघोडी नगरपालिका-१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रूपमा आएका थारू सात फिट तल खसेका थिए । अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उहाँ घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर जानुएको थियो ।
सोही क्रममा उहाँ पुलबाट खसेको अनुमान गरिएको छ । आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिनुभयो । रासस