काठमाडौँ, जेठ ५ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटी सुधार हुने बताउनुभएको छ ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रस्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विधेयकमा प्रस्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभूति हुने व्यवस्था गरिएको बताउनुभयो । सांसदहरूले व्यक्त गर्नुभएको चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने बताउनुभयो ।
मन्त्री चौरसियाले भन्नुभयो, ‘‘विधेयकमा प्रस्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभूति हुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाबाट पारित भइ यस सभामा पेस भएको प्रस्तुत विधेयकमा आजको छलफलमा माननीयज्युहरूले व्यक्त गर्नुभएको चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने नै छ ।’’ मन्त्री चौरसियाले छलफलले विधेयकलाई अझ बढी गहन र कार्यान्वयन योग्न हुने बताउनुभयो ।