• १६ असार २०८१, आइतबार

‘अनुमति नलिए कारबाही’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २८ गते । कानुनबमोजिम अनुमति नलिई दूरसञ्चार सेवा सञ्चालन गरे कारबाही गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।  पछिल्लो समय अनुमति नलिई स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन गरेको सम्बन्धमा सामाजिक सञ्जालमा विज्ञापन आइरहेकाले त्यस्तो नगर्न प्राधिकरणले सचेत गराएको हो । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन गर्नु गैरकानुनी कार्र्य भएकाले त्यसो नगर्न  पनि सचेत गराएको छ । दूरसञ्चार ऐन २०५३ को दफा २१ मा अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नहुने उल्लेख छ । 

प्राधिकरणले त्यस्ता विज्ञापन देखिए भ्रममा नपर्न र कसैले गैरकानुनी रूपमा इन्टरनेट सेवा सञ्चालन गरेको भए सूचित गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।