• ४ असार २०८२, बुधबार

चालु आवमा सबै बालीको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान

blog

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले कृषि मन्त्रालयसम्बन्धी राख्नुभएको मौखिक प्रश्नहरुको जवाफ दिनुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, जेठ ५ गते । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा बिक्री गरिएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधका जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख स्रोत बेर्ना, बिरुवा नर्सरी तथा स्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो । जसमा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा बिक्री गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुने जानकारी दिनुभयो ।

नेपालमा मुलतः स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत्र मसान्तसम्ममा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुनेछन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रलयले वार्षिक र भन्सार बिन्दुबाट नियमित रुपमा तथ्यांक राख्ने गरेको व्यहोरा सम्मानित संसदमा जानकारी गराउन चाहन्छु, नेपालमा मुलतः स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गर्दछ ।’’

उहाँले चालु आर्थिक वर्ष ०८१/०८२ मा चैत्र महिनासम्म खाद्यान्नको आयात ४७.८ अर्ब रहेको भन्दै निर्यात ६.२ करोड रहेको बताउनु भयो । खाद्यान्न बालीमा व्यापार घाटा ४७.७ अर्ब, तरकारी बालीको आयात ३१.५२ अर्ब र निर्याततर्फ ४०.८२ करोड देखिएको बताउनुभयो । फलफूल बालीको आयात १८.२ अर्ब र निर्यात १.७ करोड रहेको बताउनुभयो । मन्त्री अधिकारीले सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।