• २८ मङ्सिर २०८२, आइतबार

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

blog

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव निकालिँदै । तस्बिर : सशस्त्र प्रहरी

म्याग्दी, जेठ ५ गते । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही शनिबार नदीमा डुबेर बेपत्ता भएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मल्लको शव सोमबार दिउँसो  १२ः३० बजे करिब १५ फिट गरिहाइबाट निकालेको हो ।

उहाँको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।