प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ३ गते । माधवनारायण नगरपालिका–६ मा रहेको रामजानकी मन्दिरनजिक ट्रयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
धरहरीबाट लौकाहातर्फ जाँदै गरेको ना १ त ५१६० नम्बरको ट्रयाक्टरको ब्रेक फेल भई दुर्घटना भएको प्रत्यक्षदर्शी सुनिल यादवले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर घाइते हुनेमा गढिमाई नगरपालिका–७ का १७ वर्षीय सन्तोष साह तथा सोही ठाउँ घर भएका वर्ष २२ का सरोज बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
प्रहरीचौकी माधोपुरका प्रहरी सहायक निरीक्षक हृदेश राउत कङ्कडका अनुसार दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि अनामिका अस्पताल गरुडा रौतहटमा पठाइएको बताउनुभयो ।
घाइते बैठाको अवस्था सामान्य रहेको तथा घाइते साहलाई थप उपचारका लागि रिफर गरिएको उपचारमा संलग्न अनामिका अस्पतालका डा. आरबि प्रसादले बताउनुभयो । ट्रयाक्टर चालक गढिमाई नगरपालिका –७ बस्ने वर्ष २३ को अनिस यादव इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् ।