हुम्ला समाचारदाता
हुम्ला, जेठ २ गते । नेकपा (माओवादी केन्द्र) को हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियान बिहीबारबाट सुरु भएको छ । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीबाट उद्घाटन गरेर अभियान सुरु भएको हो ।
अभियान सबै गाउँपालिका समेट्ने गरी सुरु भएको नेकपा (माओवादी केन्द्र) हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले बताउनुभयो । कर्णाली कोरिडोर अभियान २०८२ यस अभियानमा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनीतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल सुरु भएको उहाँले बताउनुभयो । समसामयिक विषयमा कर्णालीका छालमा भेटिएका जनसमुदायसँग छलफल गर्ने, सबै गाउँबस्तीका जनसमुदायलाई आआफ्नो पालिका अन्तर्गतको कार्यव्रmम स्थलमा भेटघाट गर्नेे र यो व्रmम हिल्सामा पुगेर सम्पन्न हुने उहाँले बताउनुभयो । अभियान ११ दिनसम्म सञ्चालन हुने छ ।
त्यसै गरी यो अभियान जेठ २ गते अदानचुलीको गल्फागाडमा सञ्चालन हुने छ भने ३ गते अर्को कार्यक्रम चङ्खेली गाउँँपालिकाको केन्द्र पिप्लाङमा हुने छ । त्यसै गरी जेठ ४ गते सर्केगाड गाउँँपालिकाको केन्द्र सर्केगाडमा हुने छ । यता जेठ ५ गते खार्पुनाथ गाउँपलिकाको केन्द्र याङ्चु बजारमा हुने छ । जेठ ७ गते सिमकोट गाउँपालिकाका हुने छ भने ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा हुने छ । यता जेठ ११ गते अभियानको अन्तिम कार्यव्रmम नेपाल र चीनको सिमाना हिल्सामा हुने छ ।