• १७ असार २०८१, सोमबार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २७ गते । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ ।

बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले वृद्धि गरेको छ । 

इन्धनको मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारी साधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।