• १२ पुस २०८१, शुक्रबार

प्रधानाध्यापक कुट्नेलाई कारबाही होस् : सांसद खतिवडा

blog

काठमाडौं, जेठ २७ गते । प्रतिनिधि सभा बैठकमा सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताउनुभयो  ।

सांसद खतिवडाले शिक्षकलाई विनाकारण कुटिएको हुँदा  पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँ : सांसद लोहनी
सांसद प्रेमप्रसाद लोहनीले  धादिङमा त्रिपुरासुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले  तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कतिपय मानिस तथा चौपाया पहिराले पुरिएका हुँदा तत्काल उद्धार र पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभयो ।