• १२ पुस २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक : डाँचाराज वाग्लेको मृत्युबारे छानबिन गर्न माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २७ गते । प्रतिनिधिसभाको शुक्रबारको  बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

बैठकको विशेष समयमा उहाँले डाँचारामको मृत्युका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

“मिटरव्याजविरुद्धको आन्दोलनमा सर्लाहीका डाँचाराम प्रतिगमन आन्दोलनविरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो,” सांसद पोखरेलले भन्नुभयो, “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग र्‍यो तर अाैचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”