• २३ असार २०८१, आइतबार

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे

blog

काठमाडौं, जेठ २६ गते। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ। 

बैठकमा विनियोजन विधेयक- २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। संघीय संसदको सचिवालयका अनुसार शुक्रबार परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयका  लागि विनियोजित बजेटमाथि छलफल हुनेछ। 

बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।