• २३ असार २०८१, आइतबार

बिहीबार काठमाडौंमा दुई शव भेटिए

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ, २६ गते। काठमाडौं उपत्यकामा बिहीबार दुई वटा शव भेटिएका छन्। 

काठमाडौंको तारकेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा शव भेटिएका हुन्। प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको बुलेटीमा दुई वटा शव भेटिएको उल्लेख छ। 

झापा शिवसताक्षी नगरपालिका-७ घर भएर काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थली जरङ्खु बस्ने  ३८ वर्षीया कल्पना लिम्बूको शव उनकै कोठाभित्र  भेटिएको छ। 

त्यसैगरी भक्तपुरको मध्यपुरथिमी नगरपालिका-९ राधेराधेमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव भेटिएको छ। शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।