• २९ वैशाख २०८२, सोमबार

नेपाल आज श्रीलङ्कासँग भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २८ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै छ । 

भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार साँझ ७:४५ बजे सुरु हुने खेलमा नेपाल स्पस्ट जित निकाल्ने तयारीमा छ । नेपाल पहिलो खेलमा जित निकाल्दै समूहको अन्तिम खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । 

यता श्रीलङ्का पनि नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनल यात्रा जिवित राख्ने तयारीमा छ । श्रीलङ्का यसअघि आफ्नो पहिलो खेलमा आयोजक भारतसँग ८–० गोलले पराजित भएको थियो । 

नेपाली टोली

गोलरक्षक : भक्तबहादुर परियार, विशेष बानियाँ र उपेन्द्र लवान । 

रक्षक : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा र सिद्धान्त खड्का । 

मिडफिल्डर : कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेली मगर, रञ्जित लामा, पवन पाख्रिन र विज्ञान खड्का । 

स्ट्राइकर : सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ र विजय उर्वा ।