• २३ असार २०८१, आइतबार

राष्ट्रपतिद्वारा कतारका लागि नेपालको आवासीय राजदूतमा ढकाल नियुक्त

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २६ गते । कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उहाँलाई बिहीबार सो पदमा नियुक्त गर्नुभएको हो ।    

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा उहाँलाई संविधानको धारा २८२ बमोजिम सो पदमा नियुक्त गरिएको जनाइएको छ ।