• २३ असार २०८१, आइतबार

‘स्थानीय तह निर्वाचनमा कांग्रेस ठूलो दलको रुपमा स्थापित’ (प्रतिवेदनसहित)

blog

काठमाडौं, जेठ २६ गते । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको जनाएको छ ।

बिहीबार कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलद्वारा सार्वजनिक उक्त प्रतिवेदनमा स्थानीय तह निर्वाचनले कांग्रेसलाई ठूलो दलको रुपमा स्थापित गरेको उल्लेख छ ।

बुधबार उपसमितिले पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासमक्ष निर्वाचन तथा यसको परिणामबारे विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो ।