• १३ साउन २०८१, आइतबार

सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २६ गते । झापाको शिवसताक्षी नगरपालिकामा जापान सरकार र नगरपालिकाको लगानीमा निर्माण भएको सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा १ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन जापान सरकारको सहयोगमा बनेको हो ।

जापान सरकारको १ करोड ३६ लाख र शिवसताक्षी नगरपालिकाबाट १७ लाख रुपियाँको लागतमा २ तले ६ कोठाको भवन निर्माण भएको हो । एक कार्यक्रमबीच शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र नेपालका लागि जापानी राजदूतावासका डिपुटी चिफ मिसन तामुरा ताकाहिरोले औपचारिक उद्घाटनसहित भवन विद्यालयको जिम्मामा दिनुभयो । 

सो अवसरमा नगर प्रमुख थोप्राले पालिकाहरुको शैक्षिकस्तर बढाउन भौतिक संरचनाको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो । विद्यार्थीलाई पढ्नका लागि सहज हुने प्रकारका भौतिक संरचना निर्माणमा हाम्रो पर्याप्त ध्यान जानु आवश्यक छ र नगरपालिकाको ध्यान यसमा छ, उहाँले भन्नुभयो ।

जापानी दूतावासका तामूरा ताकाहिरोले विपन्न समुदायको बसोबास रहेको र ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि जापान सरकारले भवन निर्माणमा सहयोग गर्दैआएको र सहयोग जारी रहने बताउनुभयो । नेपाल र जापानवीचको मित्रताको बलियो कडीको रुपमा यसलाई लिन सकिने उहाँले चर्चा गर्नुभयो ।