• ५ असोज २०८१, शनिबार

डोटीमा शिक्षक मृत अवस्थामा फेला

blog

फाइल तस्विर

केशवचन्द्र महरा

दिपायल, जेठ २६ गते । डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ स्थानीय सातफरी आधारभूत विद्यालयका शिक्षक हुनुहुन्छ ।

बिहीबार बिहान घर नजिकैको लुगा सिलाउने पसलमा शिक्षक बिकको शव फेला परेको चवराचौतारा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक ईश्वरी बमले जानकारी दिनुभयो । 

बुधबार राती विद्यालयमा पुस्तक पु¥याएर फर्किएका शिक्षक बिकलाई उहाँका बुवाले राती ११ : ३० बजे घरभन्दा २० मिटर परको सडकमा घाइते अवस्थामा फेला पारेको परिवारका सदस्यलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक बमले जानकारी दिनुभयो । घाइते अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्यले घरमा ल्याएका थिए । केही समयमा उहाँको निधन भएको थियो ।

प्रहरीका अनुसार मृतकको कम्मरमा चोटपटक लागेको देखिन्छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।