• १३ असार २०८१, बिहिबार

तरकारीले बजार नपाउँदा कृषक मर्कामा

blog

तरकारी बिक्रीका लागि सहयोग लिन तरकारी सहित कृषि ज्ञान केन्द्र बाजुराको गेटमा बसेका बडिमालिका नगरपालिका ४ का अगुवा किसान हर्के नाथ । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, जेठ २६ गते । उत्पादन गरेको अर्गानिक तरकारीले बाजुरामा बजार नपाउँदा कृषक मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदान कार्यक्रमबाट  तरकारी खेती गर्दै आएका किसानले उत्पादन गरेको तरकारीले जिल्लामा बजार नपाएपछि उनीहरु मर्कामा परेका हुन् ।

बडिमालिका नगरपालिका वडा ४ का हर्क नाथले भन्नुभयो, “अन्नबाली खेती गर्दा घरमा दुइ महिना सम्म खान नपुग्ने भएपछि त्यो छोडेर तरकारी खेती सुरु गरेको हो । पहिला तरकारीबाट मनग्य आम्दानी भएपछि, हौसला बढ्दै गएपछि फेरि जमिन भाडामा लिएर प्रसस्त तरकारी खेती गरे तरकारी पनि राम्रो उत्पादन भयोे तर अहिले त्यो तरकारीले बजार नपाएपछि म निकै दुखित भएको छु ।,,

उहाँ भन्नुहुन्छ, “कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगबाट वार्षिक दुइ लाख दश हजार भाडा तीर्ने गरेर जमिन भाडामा लिएर तरकारी खेती गरेको छु । तरकारी पनि राम्रो उत्पादन भयो । अहिले मैले  हप्तामा झण्डै पाँच देखि दश क्वीन्टल तरकारी बजारमा बिक्रीका लागि ल्याउने गरेको छु । तर समयमा त्यो तरकारी बिक्री नुहँदा सडेर जान्छकी भन्ने चिन्तामा छु ।,,

नाथ बाजुराका एक अगुवा कृषकको रुपमा चिनिनु हुन्छ, उहाँ लामो समय देखि तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले अहिले पनि झण्डै ३० रोपनी जमिनमा काँक्रा , लौका खुर्सानी चिचिन्डा , आलु , काउली, बन्दा रायो, मुला , लसुन, धनियाँ, खुर्सानी , भिण्डी , भण्टा फर्सी,भेडे, खुर्सानी, प्याज, करेला, गोलभेडा, घिरौला, लगायतका विभिन्न अर्गानीक तरकारी फलाउँदै आउनु भएको छ । 

पहिला तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका नाथको तरकारीले अहिले बजारमा भाउ नपाएपछि उहाँलाई समस्या भएको हो । राम्रो मेहनत गरेर तरकारी खेतीमा लागुन भएका नाथले ठुलो लगानी गरेर तरकारी खेती गर्दा अहिले त्यो तरकारी समयमा बिक्री नुहँदा उहाँलाई स्टोरेज गर्न पनि कठिन छ ।

विषादी प्रयोग गरेको बजारको तरकारी खान रुचाउँछन् तर मैले आफ्नै बारीमा उत्पादन गरेको अर्गानीक तरकारी किन्न भने कोही रुचाउँदैनन नाथले दुखेसो पोन्दै भन्नुभयो । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगबाट बडिमालिका नगरपालिका ४ का हर्क नाथले राम्रो सँग तरकारी उप्पादन गर्नु भएको छ तर त्यो तरकारीले अहिले सम्म बजार पाएको छैन् । 

बजार नपाउँदा उत्पादन गरेको तरकारी पनि बिक्री गर्न समस्या परेको छ, त्यो तरकारी बिक्री गर्नका लागि अहिले कृषि ज्ञान केन्द्र बाजुराले विभिन्न ठाउँका व्यपारीहरु सँग पहल गरिरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

Author

शेरबहादुर सार्की