• २३ वैशाख २०८२, मङ्गलबार

नीति तथा कार्यक्रमका लागि राय सुझाव माग

blog

चन्द्रकोट गाउँपालिकाको कार्यालय। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, वैशाख २३ गते। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि यहाँको एक गाउँपालिकाले राय सुझाव माग गरेको छ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेको बताउँदै सरोकारवालाबाट राय सुझाव माग गरेको हो। गाउँपालिकाका अध्यक्ष युवराज केसीका अनुसार सुशासनयुक्त र समृद्ध चन्द्रकोट गाउँपालिका निर्माण गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणलाई व्यवस्थित गराउनका लागि नीति तथा कार्यक्रममा समेटिनु पर्ने विषयको राय सुझाव दिनका लागि आग्रह गरिएको बताउनुभयो।

सरोकारवालाबाट प्राप्त राय सुझावले नीति तथा कार्यक्रम बनाउनका लागि थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। प्राप्त सुझावलाई मनन् गरी आवश्यकताको आधारमा नीति तथा कार्यक्रममा समावेश गरी बजेट निर्माण गरिने उहाँको भनाइ छ। 

नीति तथा कार्यक्रममा राय सुझाव दिनका लागि इमेल, टेलीफोन, पालिकाको फेसबुक पेजका साथै प्रत्यक्ष रूपमा वडा कार्यालय तथा पालिकामा गएर पनि दिन सकिने व्यवस्था मिलाइएको पालिकाले जनाएको छ। वैशाख २५ गते भित्र राय सुझाव तथा प्रतिक्रिया दिनका लागि समय निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।