• २३ वैशाख २०८२, मङ्गलबार

जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

blog

हिन्दु धर्मस्थल जानकी मन्दिर । तस्बिर : न्यूज एजेन्सी नेपाल

जनकपुरधाम, वैशाख २३ गते । आज वैशाख शुक्ल नवमी, अर्थात सीता जयन्ती । देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।

रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ ।

भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ । भगवान रामसँग सीताको विवाह भएको थियो । 

पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा उल्लेख गरिन्छ । सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ । आज सीता जन्मस्थल जनकपुर धाममा विशेष मेला लाग्दछ ।