काठमाडौँ, वैशाख २१ गते । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।
च्यासल मैदानमा आर्मीले कोशी प्रदेशलाई ३–० गोलले हरायो । आर्मीका लागि कासीराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले एक एक गोल गर्नुभयो । राजेन्द्र ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो । यसअघि समूह चरणको खेलमा आर्मीले गण्डकी प्रदेश र मधेश प्रदेशलाई हराएको थियो ।
आइबार पुरुषमा नेपाल प्रहरी र बागमती प्रदेश तथा महिलामा आर्मी र गण्डकीबिचको खेल वर्षाले गर्दा प्रभावित भयो । उक्त खेल सोमबार हुनेछ । महिलामा मधेशले बागमती विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।