• २१ वैशाख २०८२, आइतबार

प्रधान सेनापति राष्ट्रिय टेनिस सुरु

blog

पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख २१ गते । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको जङ्गी अड्डास्थित टेनिस कोर्टमा आइतबार बलाधिकृत रथी निर्मलकुमार थापाले उद्घाटन गर्नुभयो । सेनाले उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको हो ।

वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ क्लबका १५ जना महिलासहित एक सय ९६ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू जङ्गी अड्‍डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा हुने छ ।