काठमाडौँ, वैशाख २० गते । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ ।
नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्याउनु भएको योगदान बापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र बललाई जनमत–ज्ञानरत्न÷मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो ।
वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललगायतले सम्मान अर्पण गर्नु भयो ।
जनमत वाङ्मय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुट्नु भएका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताउनु भयो । कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजालगायतले कवितावाचन गर्नु भएको थियो।